झापा । ताप्लेजुङमा प्रहरीको गाडी पल्टिदा असईसहित चार प्रहरी घाइते भएका छन् ।

गएराति ताप्लेजुङको फुङलिङ नगरपालिका –७ शनिवारे हटियालाइनमा प्रहरी सवार गाडी पल्टिएकाे थियाे । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको को १ झ ६०६ नम्बरको गाडी पल्टिएकाे हो ।

प्रहरी सहायक निरीक्षक नन्दलाल बैठाको कमाण्डमा ५ जनाको टोली सवार गाडी बाक्लो हुस्सुका कारण टर्निङ गर्ने क्रममा अचानक पल्टिएको थियो ।

घाइते हुनेहरुमा प्रहरी सहायक निरीक्षक नन्दलाल बैठा, प्रहरी बरिष्ठ हवल्दार प्रकाशकुमार साह, प्रहरी जवान ढाकबहादुर थापा र प्रहरी जवान सुमन आङदेम्बे रहेका छन् । घाइतेहरुकाे जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई उपचार भइरहेको जनाइएको छ ।