बिर्तामाेड । गएराती चलेकाे हावाहुरीले गौरीगंज गाँउपालिका-३ ठेकीटोला बस्ने मिनादेवी राजवंशीको घरकाे छानाे उडाएकाे छ ।
बर्षासँगै चलेकाे हावा हुरीले टिनकाे छानाे भएकाे उनकाे घरकाे छानाे उडाएकाे हाे । २ काेठे उनकाे घरकाे पुरै छानाे उडाएर क्षति पुर्याएकाे प्रहरीले जनाएकाे छ ।
घटनामा मानवीय तथा चाैपाय क्षति भने नभएकाे बताइएकाे छ । हावा हुरीका कारण छानाे उडाउँदा ३५ हजार रुपैंयाँ बराबरकाे क्षति भएकाे बताइएकाे छ ।



















