बिर्तामाेड । मेची राजमार्गको चारआली–केचना खण्डस्थित मेचीनगरको ढुवागढीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पती गम्भीर घाइते भएका छन् ।
आज दिउँसो साढे १२ बजेको समयमा मेचीनगर नगरपालिका-१४ ढुवागढीस्थित नमुना टोलमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको स १ क १८१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र–०१–००१–०१८ प ००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक मेचीनगर–१३ निवासी ५५ वर्षीय मानबहादुर लिम्बु र पछाडि सवार उनकी श्रीमती ५२ बर्षीया टीका श्रेष्ठ लिम्बु घाइते भएका छन् ।
दुर्घटनामा परी टीकाको कम्मरदेखि तलको भागमा धेरै असर परेकाे छ । गम्भीर घाइते भएका दुवैको बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालकले एक्कासि ब्रेक लगाउँदा पछाडिबाट तीव्र गतिमा आएको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।
घटनामा संलग्न ठटिपर र माेटरसाइकल प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ । टिपर चालक फरार रहेकाले खाेजतलास भइरहेकाे जनाइएकाे छ ।



















