बिर्तामाेड । झापाकाे मेचीनगरमा अहिले अपरान्ह आगाली हुँदा एउटा घर जलेर नष्ट भएकाे छ । मेचीनगर-३ भावना टाेलमा भएकाे आगलागीमा सुरेन्द्र लिम्बुकाे घर जलेर नष्ट भएकाे हाे ।
बिद्युत सट भएर टाटीको बेरा टिनको छानो भएको २ तले घरमा आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । घरमा कोही नभएको अवस्थामा अचानक विद्युत सर्ट भई घरमा आगलागी भएको हाे ।
मेचीनगर नगरपालिकाको २ वटा दमकल, प्रहरी र स्थानीय वासीहरुको सहयोगमा उक्त आगलागी एक घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएकाे थियाे । आगलागीबाट घर र घर भित्र रहेको अन्नपात, भाडाबर्तन, लत्ताकपडा, काठपात पुर्ण रुपमा जलेर नष्ट हुँदा ७ लाख रुपैंयाँ बराबरकाे क्षति भएकाे छ ।



















