बिर्तामाेड । झापाली समाज इजरायलले बिर्तामोडको आफ्नो घर आश्रमलाई १ लाख २ हजार मूल्य बराबरको सहयोग हस्तान्तरण गरेको छ ।
समाजले आज आश्रममा एक समाारोहको आयोजना गरेर सामग्री हस्तान्तरण गरेको हो । समाजले आश्रमका लागि वासिङ मेशिन र फ्रिज प्रदान गरेको छ ।

समाजका अध्यक्ष माला योञ्जन गोलेले आश्रम संरक्षक सन्तोष अग्रवाललाई सामग्री हस्तान्तरण गरेकी थिइन् । अध्यक्ष गोलेले पीडित नागरिकको पिडामा केही मल्हम लगाउन पाएकोमा खुशी लागेको बताइन् ।

आश्रमका संरक्षक सन्ताेष अग्रवालले सहयाेगी मन भएका झापाली समाज इजरायलका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद दिएका थिए । आश्रमले संरक्षक विहीन व्यक्तिहरुलाई उद्दार, उपचार र संरक्षण प्रदान गरिरहेकाे बताए ।
समाजले आजै झापाको अर्जुनधारामा रहेको वालज्योती आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय मेचीनगर, दुर्गादेवी आधारभुत विद्यालय हल्दीबारी र जनता मावी शरणामतीमा बिद्यालय सामग्री हस्तान्तरण गरेको छ ।



















