बिर्तामोड । झापाको बाह्रदशीमा आगलागीमा परेर एकजना घाइते भएका छन् ।

आज बिहान ४ बजे खोले पकाउन बालेेको आगो गोठमा सल्किदा निभाउने क्रममा एकजना घाइते भएका हुन् ।

बाह्रदशी-५ को घोडामाराका बिष्णु ओझाको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीमा परेर गाईको दुईवटा बाच्छापनि मरेको छ । आगलागीमा बिधुतीय मोटर, कुटी काट्ने मेसिन सामान्य जलेको, काठपात, गाईको दाना र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा ओझा घाइते भएका छन् । ढाड र हात आगोले पोलेका ओझाको बिर्तामोडमा उपचार भइरहेको छ । आगलागीबाट २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।