बिर्तामोड । झापाको मेचीनगरमा गएराती एउटा खाजाघरमा आगलागी भएको छ ।

मेचीनगर-१० धुलाबारी चोकमा दिपक निरौलाले आफ्नै घरमा संचालन गरेको खाजा घरमा अचानक बिद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीमा परेर होटलमा रहेको फ्रिज, टिभी, बिधुतीय चुलो र विभिन्न सामानहरु जलेको प्रहरीले जनाएको छ ।

उक्त आगो नेपाल प्रहरी, स्थानीय र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट १ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।