बिर्तामोड । जङगली हात्तीले गएराती हल्दीबारी-३ का गणेश भट्टराईको किराना पसलमा क्षति पुर्याएको छ ।

राति १ बजे आएको हात्तीले गणेशचोकका भट्टराईको किराना पसलमा क्षति पुर्याएको हो ।

घर अगाडि रहेको गुम्ति पसलमा राखेका विभिन्न किराना सामानहरु खाएको प्रहरीले जनाएको छ । हात्तीका कारण ६० हजार मूल्य बराबरको क्षति भएको छ ।