बिर्तामोड । यसबर्षको मनसुन सुरु भए लगत्तै दक्षिणी झापा डुवानको चपेटामा परेको छ ।

गएराति परेको बर्षापछि कनकाई माईमा आएको बाढी बस्तिमा पसेर झापा गाउपालिका-२ सुगाबथान डुवानमा परेको छ ।

सुगाबथानका २२ घर डुवानमा परेको प्रहरीले जनाएको छ । त्यहाको बस्तिमा दुई फुटसम्म पानीले डुवाएको छ । यतिबेला प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी जनाएको छ । सशस्त्र प्रहरीको टाघनडुब्बा बोर्डर आउट पोष्ट (बिओपी) को टोलीले उद्दारको कार्य गरिरहेको जनाइएको छ ।