बिर्तामाेड । हिजो राति परेको पानीले झापाका अधिकांश खाेलामा बाढी आएको छ । कालीखोलामा बाढी आउँदा निर्माणाधीन एसियन हाइवे अवरुद्ध भएको छ ।

हाइवे बन्द भएपछि अहिले वैकल्पिक बाटो प्रयोग भइरहेको छ । वर्षाको कारण मेचीनगर-६ कालीखोलाको डाइभर्सन बगाएको छ ।

पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ ।डाइभर्सन बगाएपछि पश्चिमपट्टि कालीखोला, शान्तिगाउँ, वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्कमा आउने वैकल्पिक बाटो प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले सडक निर्माण कम्पनीसँग छलफल गरेर बगाएकाे डाइभर्सन मर्मत गर्न अनुराेध गरेकाे जनाएकाे छ ।