दमक । झापाको दमकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
हिजो साँझ दमक-७ पशुहाटडाडा स्थित पुर्व पश्चिम लोकमार्गमा दमकबाट केर्खा तर्फ जादै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमक तर्फ आउदै गरेको प्र.१-०२-०५२ प. २२११ नम्बरको मोटरसाइकल एकआपसामा ठक्कर खाएको थियो ।
घटनामा मोटरसाइकल चालक दमक-४ बस्ने बर्ष ३६ को मिलन थापा गम्भिर घाइते भएका थिए । उनलाई उपचारको लागि आर्य न्युरो अस्पताल बिराटनगरमा लगिएकोमा उपचारको क्रम्मा राति मृत्यु भएको थियो । प्रहरीले बस चालक गौरादह-४ बस्ने सरकार टुडु र दुबै सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ ।



















