बिर्तामाेड । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाईएको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड -५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो ।

गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालीएको निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । विभिन्न संघ संस्थाका पदाधिकारी सहित गायत्री माताका भक्तजन सहित दुई सय भन्दा बढी बढुक, स्काउट तथा धार्मिक एवम् सामाजिक व्यक्तिहरुको सहभागितामा निकालिएको ¥याली बिर्तामोड नगरपरिक्रमा पछि मन्दिर परिसरमा पुगेको थियो ।
यस अवसरमा मन्दिर निर्माण समितिका संस्थापक अध्यक्ष रौनक वंशल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विवेक अग्रवाल लगायतले मन्दिरमा आएका श्रद्धालु भक्तजनलाई स्वागत गरेका थिए ।
पूर्वमै पहिलो पटक अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण भएसंगै गायत्री जयन्ती समेत पहिलो पटक मनाइएको हो । बिर्तामोडका युवा व्यवसायी वंशलको अगुवाइमा बिर्तामोड-५ स्थित अग्रसेन भवनको समिपमा माता गायत्रीको दिब्य मन्दिर निर्माण भएको छ ।
२०८० साल जेठ १७ गतेबाट मन्दिर निर्माण प्रारम्भ भएर २०८१ साल माघ २१ गते विधिपूर्वक माताको प्राण प्रतिष्ठा गर्दै मन्दिर सञ्चालनमा आएको थियो । गायत्री माता मन्दिर सेवा समितिले गायत्री जयन्तीमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै साँझ सन्ध्या आरती गर्ने कार्यक्रम रहेको बताइएको छ ।



















