बिर्तामाेड । सप्तकाेशीमा विपद् उद्धार अभ्यासका क्रममा बिहीबार बेपत्ता भएका एकजना सुरक्षाकर्मीकाे शव फेला परेकाे छ ।
सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा परिचालित ३५ सदस्यीय टोलीले बेपत्तामध्ये सशस्त्र प्रहरी जवान झापाकाे गौरादह नगरपालिका वार्ड नं ८ जुरोपानीका हरदेब राजबंशीकाे शव फेला पारेकाे हाे ।
सप्तकोशी किनारमा राजबंशीकाे शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।
बिहीबार दिउँसो १५ः१० बजे नं. १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान राजवंशी र नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज साउद कोशी नदीमा बेपत्ता भएका थिए ।



















