बिर्तामोड । झापाको अर्जुनधारामा पोखरीमा डुबेर दुई बाालकको मृत्युु भएको छ ।

आज बिहान ८ बजे अर्जुनधारा-११ को नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।

दिमदिमे पोखरीमा डुवेर मृत्यु हुनेमा तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा नगरपालिका-११ का पुर्ण बहादुर राईको घरमा पाहुना आएका धनमाया गुरुङको छोरा बर्ष १२ को महसुस गुरुङ र सोही स्थानको मुना गुरुङको छोरा बर्ष १० को सुजल गुरुङ रहेका छन् ।

पौडी खेल्ने क्रममा पोखरीमा डुबी रहेको अवस्थामा स्थानीय मानिसहरुले देखेर तत्काल उद्धार निकाली उपचारको लागि बिर्तामोड तर्फ लिएर गएकोमा चिकित्सकले निजहरु दुबै जनालाई मृत घोषणा गरेका थिए ।