बिर्तामोड । झापाका दुई स्थानमा चट्याङले लागेर दुईजना घाइते भएका छन् । घटनामा एउटा गाई मरेको छ ।
हिजो साँझ परेको चट्याङले लागेर बुद्धशान्ति-४ सट्टाभर्नाकालस्थित ६० बर्षिय पुण्य पौडेल घाइते भएका छन् ।
गाई गोठमा काम गर्ने क्रममा हावा हुरि सहित आएको चट्याङ लागेर घाईते भएका उनको उपचार भईरहेको छ । दुबै आँखा र दाहिने हातमा चोट लागेको अवस्थामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी शिवसताक्षी-७ टेक्रा बस्ने ४४ वर्सीय डम्बर कुमारी भुजेल चट्याङ लागेर घाइते भएकी छन् । चट्याङको छर्राले उनको मुख जलेको बताइएको छ ।
भुजेलको गोठमा पालेको गाई चट्याङ लागेर मरेको प्रहरीले जानकारी दिएको छ ।