बिर्तामाेड । झापाकाे मेचीनगरमा आज बिहान एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेकाे छ । मेचीनगर नगरपालिका-१ कोसेली चोक स्थित लिला प्रकास रिजालको मकैबारीमा हात्ती मृत फेला परेकाे हाे ।

पोथी हात्ती मृत अवस्थामा फेला परेको भन्ने स्थानीयकाे सूचनाका आधारमा घटनास्थलमा प्रहरी पुगेर मुचुल्का बनाउने काम गरिरहेकाे जनाएकाे छ । हात्तीकाे मृत्युको कारण एकिन भै-नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

शव परीक्षणका लागि जिल्ला बन कार्यालय झापा बाट टोली बाेलाइएकाे प्रहरीले जनाएकाे छ ।