बिर्तामोड । झापामा जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् ।

आज बिहान मेचीनगर-१ दुर्जन चोकमा हात्तीको आक्रमणमा परेर सोही स्थानका पूर्णबहादुर श्रेष्ठ घाइते भएका हुन् ।

आफ्नै बारीमा जंगली हात्ती देखेर लखेटने क्रममा हात्तीले आक्रमण गरेर उनलाई घाईते बनाएको हो । गम्भीर घाइते भएका उनको बिर्तामोडमा उपचार भइरहेको छ । एउटा करङ्ग भाचिँएको खुट्टाको गोलीगाँठो र मेरुदण्डको हड्डी फुटेको अवस्थामा उपचार भइरहेकाे हाे ।