बिर्तामोड । जङगली हात्तीको आक्रमणबाट भद्रपुरमा एक युवा घाइते भएका छन् ।
हिजो साँझ भद्रपुर-१० फुलबारी गाउँमा जङगली हात्तीले सोही स्थानका विशाल सोरेनलाई आक्रमण गरेको थियो ।
कामबाट फर्कने क्रममा एउटा जंगली हात्तीले आक्रमण गर्दा सोरेनको कम्मर, टाउको र बाया खुट्टामा चोट लागेर घाईते भएका थिए ।
उनको प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई उपचार भई रहेको प्रहरीले जनाएको छ ।



















