बिर्तामोड । जंगली हात्तीको आक्रमणमा परेका मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
असार २ गते बिहान साढे ४ बजेको समयमा मेचीनगर-१ दुर्जन चोक बस्ने बर्ष ६८ का श्रेष्ठलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
घरबाट ८ सय मिटर टाढा रहेको आफ्नै बारीमा हात्ती देखेर लखेटने क्रममा उक्त हात्तीले आक्रमण गरेर श्रेष्ठलाई घाइते बनाएको थियो । गम्भीर अवस्थाका श्रेष्ठलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा हिजो ५ बजेको समयमा उपचार हुँन नसक्ने चिकित्सकको सल्लाह बमोजिम उनका छोरा तेज बहादुरले घर लगेका थिए । श्रेष्ठको बेलुका ८ बजे घरमा ल्याई पुर्यादा मृत्यु भएको प्रहरीले जनाएको छ ।



















