बिर्तामाेड ।  झापाका‍े बिर्तामाेडमा जंगली हात्तीकाे आक्रमणमा तीनवटा घरमा क्षति पुगेकाे छ । हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा एकजना घाइते भएका छन् । 

गएराती आएकाे हात्तीले बिर्तामोड-०८ शुक्रवारे टोल बस्ने सुफल मनीको घरकाे बासको टाँटी बेरा भत्काएकाे छ । यसैगरी साेही स्थानका कृष्ण प्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काएकाे प्रहरीले जनाएकाे छ । शिव कुमारी मगरको आगनमा राखिएको भकारीबाट अन्नपात खाएर नष्ट पारेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

तीन, चार वटाकाे संख्यामा आएका हात्तीकाे समूहबाट बच्न भाग्ने  क्रममा सुफल मनी घाइते भएका छन् ।  अनुहारमा चाेट लागेका सुफल मनीकाे मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।