बिर्तामोड । झापाको राजगढमा आज भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

आज दिउँसो ४ बजेको समयमा झापाको बाह्रदर्शी-१ खैरबारी स्थित भित्री सडक खण्डमा राजगढबाट कुटी तर्फ जादै गरेको बिआर ३७ एजे ६४४० नम्बरको मोटरसाईकल र बिपरीत दिशावाट आउदै गरेको प्र.१-०१-०१६ प ९२७० नम्बरको स्कुटर ठक्कर खाएको थियो ।

घटनामा स्कुटर चालक, कचनकवल गाउँपालिका-३ का ६० बर्षिय श्रीप्रसाद राजबंशी र तत्काल नाम थर वतन नखुलेको मोटरसाईकल चालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको थियो । उपचाका क्रममा ऐ ४:४० बजे दुबै चालकको मृत्यू भएको प्रहरीले जनाएको छ।

स्कुटिको पछाडि सवार मृतक राजवंशीको बुहारी २७  बर्षिय उर्मिला राजवंशी र उनका ३ बर्षका छोरा आयुष राजवंशी  गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भईरहेको छ ।