बिर्तामोड । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले उपचार कोषलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई अधिकारीले १५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
अधिकारीले संगठनका झापा जिल्ला अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम प्रदान गरेका छन् । झापाको एक कार्यक्रममा उनले घोषणा गरेको सहयोग रकम आज प्राप्त भएको अध्यक्ष प्रदीप परियारले जानकारी दिए ।



















