बिर्तामोड । झापाको कन्काई नदीमा तस्करहरुले बगाएर ल्याएको करिव १५० किवी सखुवाको काठ प्रहरीले नियन्त्रणमा लिएको छ ।
राती १२ बजेतिर शिवसताक्षी-१० स्थित कन्काई नदीको पानीको वहावमा चाली बनाएर तस्करहरुले बगाएर ल्याएको सखुवाको फेन्टा बरामद गरिएको हो ।
२५–३० जना तस्करहरुले बगाएर ल्याउँदै गरेको काठ नियन्त्रणमा लिन जाँदा माईधार प्रहरी चौकीका ६ जनाको टोलीलाई उनीहरुले लखेटेका थिए ।
त्यसपछि गैडे सामुदायिक वन, इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप जनशक्ति मगाएर सो काठ बरामद गरिएको हो ।
चारैतिरबाट घेराउ गरेपछि तस्करहरु काठ छोडेर भागेको बताइन्छ । बिहानपख कन्काई ४ स्थित कन्काई नदीबाट सो काठ निकालिएको थियो । अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको काठ गैडे सामुदायिक वनमा बुझाइएको छ ।

















