बिर्तामोड । झापाको गौरादहमा गाईगोठमा आगलागी हुँदा चारवटा चौपाया जलेर मर्नुका साथै दुईवटा घाइते भएका छन् ।
गएराति ११ बजे गौरादह –२ दलु बस्ने टंकप्रसाद पौडेलको टिनको छानो, बाँसको टाटी बेरा, सखुवाको खम्बा भएको एकतले गोठमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो । गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा गोठम बाँधेर राखेको एउटा दुहुनो गाई ,एक–एकवटा खसी, बोका र एउटा बाख्रा जलेर मरेका छन् ।
त्यस्तै एउटा गर्भिणी गाई र तीन महिनाको बाछी घाइते भएका छन् । आगलागीबाट गोठ र गोठमा रहेको काठपातसमेत जलेर नष्ट हुँदा करिब ६ लाख १९ हजार बराबरको क्षति भएको छ ।
उक्त आगो गौरादह र दमक नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा राति १ः५० बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।



















