बिर्तामाेड । झापाकाे भद्रपुरमा जंगली हात्तीले ६ वटा घर भत्काएकाे छ । गएराती आएकाे हात्तीले भद्रपुर-६ नयाँबस्तीकाे माताटोलमा घर भत्काएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
हात्तीले श्रीप्रसाद माझीको मूलघरको टाटीको बेरा, बरन्डाको टिन,धान १५ मन, साईकल ३ थान,काठको टेवल १ थान, डाईनिङ टेवल १ थान,त्रिपाल १ थान नष्ट गरेकाे छ । साेही स्थानका फलेन्द्र राजबंशीको घरको टिनको बेरा भत्काएकाे हात्तीले बदन राजबंशीको टिनको बेरा भएको भन्सा घर भत्काएको छ ।
यसैगरी साेही वडाकाे फुटानीचाेक बस्ने तिलि राजबंशीको घरको ईटाको वाल, ढोका, कल ताेडफाेड गरेकाे छ । स्थानीय ओमप्रकाश राजबंशीको घरको वाल, ४ बोरा आलु क्षति गरेकाे हात्तीले भद्रपुर-४ रंङगेडाडाsf शुक्रराज डङगोलको टिनको छानो ईटाको वाल भएको स्टोर रुम र रुमको झ्याल फुटाएकाे प्रहरीले जनाएकाे छ ।



















