बिर्तामाेड । झापाकाे हल्दीबारीमा आज बिहान भएकाे आगलागीमा परेर चारजना घाइएते भएका छन् । हल्दीवारी-४ ओली चौकका  पुण्य प्रसादओलीको भान्साघरमा आगलागी हुँदा उनकाे परिवारका चारजना घाइते भएका हुन् । 

oli 1

घाइते हुनेमा ओलीसहित उनका छाेरा सन्ताेष ओली, बुहारी अनिता ओली र कान्छाे छाेरा आर्यन ओली रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

 ३ तले पक्की घरको दोस्रो तल्लामा रहेकाे भान्सा कोठामा रोटी पकाउने क्रममा ग्याँसबाट अचानक आगो सल्किन गई भान्सा कोठामा आगलागी  भएकाे थियाे । आगाे निभाउने क्रममा उक्त घरका मानिसहरु घाईते भएका हुन् । 

उनीहरुलाई उपचारका लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुर पठाइएकोमा थप उपचारको लागि बिराटनगर रिफर गरिएको  प्रहरीले जनाएकाे छ । 

आगलागीबाट घरको भान्सा कोठामा मात्र आंशिक क्षेती भएको  जनाइएकाे छ । आगलागीमा परेका पुन्यप्रसादकाे अवस्था मध्यम छ भने अरुकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।