झापा । पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवाबाट पाँच दिन देखि हराईरहेका बालवालिका मृत फेला परेका छन् । हराईरहेका दाजू बहिनी विरुवा खोलामा छुट्टा छुट्टै स्थानमा मृत फेला परेका हुन् ।

शुक्रवार विद्यालय हिडेका उनीहरु हराएका थिए । विरुवा खोला मृत अवस्थामा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल बुढाथोकिले जानकारी दिए ।

१० बर्षिय शिशिर राई र उनको बहिनी ५ बर्षिय नानुमा राईको शव फेला परेको हो । विद्यालय हिडेका उनीहरु हराएपछि खोजी कार्य गरिएको थियो । बहिनीको केहि तल र दाजूको केहि माथी खोला किनारमा शव भेटिएको हो । केहि दिन देखि प्रहरी र स्थानीय खोजिमा खटिएका थिए । घटनाको अनुसन्धान भईरहेको बुढाथोकिले जानकारी दिए ।

शव पोस्टमार्टमा लागि फिदिम ल्याईने छ । उनीहरु पूर्ण आधारभूत विद्यालयमा कक्षा–४ र १ मा अध्ययानरत थिए ।