झापा । झापाको गौरादहमा सिंचाइको मोटरबाट करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ ।
गएराती गौरादह नगरपालिका-४ जोरघरे बस्ने ५४ बर्षकी चन्द्रमाया नेम्वाङको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।
घर देखी १० मिटर पुर्व उतरमा रहेको मोटरबाट खेतमा सिचाई गर्ने क्रममा अचानक करेन्ट लाग्दा नेम्वाङको मृत्यु भएको ।
खेतमा लडिरहेको अवस्थामा उनका छोरा शुसिल नेम्वाङले देखेर उक्त शव घरमा ल्याएर प्रहरीलाई खवर गरेका थिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।



















