बिर्तामाेड । काम्न थालेका एकजना बिरामीलाई बाँधेर राख्दा मृत्यु भएपछि झापाकाे झापा गाउँपालिका-१ लसुनाका चारजना पक्राउ परेका छन् । 

हिजाे राती साढे १० बजेकाे समयमा  साेही स्थानका अन्दाजी ६० बर्षिय जतन सोरेन  मादक पदार्थ सेवन गरेर छिमेकी महादेब टुडुकाे घर छेउकाे गल्लीमा आएर काम्न थालेका थिए । मृतकको छोरा अनतलाल सोरेन, साेही स्थानका महादेव टुडु, लुखिराम टुडु, लखिराम टुडु लगायतले मृतकलाई घर छेउकाे आँपकाे रुखमा बाँधेका थिए । 

आज बिहान गएर हेर्दा बाँधेकै स्थानमा साेरेनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनापछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएकाे छ भने संलग्न अरु फरार रहेका छनु् । उनीहरुकाे खाेजतलास भइरहेकाे प्रहरीले जनाएकाे छ ।