झापा । झापाको दमकमा लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् ।

गएराति १० बजे दमक नगरपालिका-४ को चियादोकान बस्ने पासाङ तामाङको घरमा ब्राउनसुगर बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरमा तलासी लिँदा ३ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

लागूऔषधसहित पक्राउ पर्नेहरुमा दमक नगरपालिका-४ चियादोकान बस्ने शितल भन्ने ज्योती राई तामाङ, कमल गाउँपालिका-५ पाथिभरा टोलका संजिब लिम्बू, सोही ठाउँका बसन्त राई र कमल ४ शितल टोलका सन्दिप धिमाल रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।