बिर्तामाेड । सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा झापाकाे बिर्तामोडका दुई युवाको मृत्यु भएको छ ।

आज बिहान ११ बजे इटहरी उप–महानगरपालिका वडा नं.२० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको को २२ प २१२५ नं. को स्कुटर र इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. १ –०२–००२ ख ०४५५ नं. को बस एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा स्कुटर चालक विर्तामोड ५ बस्ने वर्ष अन्दाजी २६ का सुजन बि.क. र पछाडि सवार सोही ठाउँ बस्ने बर्ष अन्दाजी २२ का सुरज बि.क. को मृत्यु भएको हो । दुबै घाइतेलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा उपचारका क्रममा १२ बजे दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्कुटर, बस र बस चालक उदयपुर बेलका ३ बस्ने प्रेम मगरलाई नियन्त्रणमा लिएको जनाएकाे छ ।