बिर्तामाेड । झापाकाे हल्दीबारीमा गएराती आएकाे जंगली हात्तीले चारवटा घर भत्काएकाे छ । हात्तीले घर भत्काउँदा पर्खालले लागेर एकजना महिला घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति हल्दिबारी गाउँपालिका-३ बाघ डाँडामा ३ वटा जंगली हात्तीहरु आएर निमाई बाँनियाकाे घर र भान्साघर भत्काएर क्षति पुर्याएकाे छ । हात्तीकाे साेही समूहले हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर भत्काएकाे छ ।
हल्दिबारी गाउँपालिका-२ भेलागुडी सिमसारमा ३ वटा जङगली हात्तीहरु आएर खेम गौतमको टिनको छाना र बासको टाटिबेरा भएको घर खम्बा भएकाे घर भत्काएकाे छ । हात्तीकाे साेही समूहले नरेश खड्काको ईट्टा सिमेन्टले बनेको टिनको छाना भएको १ तले घरको पुर्व पट्टिको वाल भत्काउदा उनकाे श्रीमती अम्विका खड्का घाइते भएकी छन् ।
उक्त हात्तीहरु नेपाल प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा जंगल तर्फ पठाईएको प्रहरीले जनाएकाे छ ।



















