बिर्तामोड । जंगली हात्तीको समूहले झापाको मेचीनगर नगरपालिकामा एउटा वटा घर भत्काएको छ भने तीनजनाको धानबाली नष्ट गरेको छ ।
गएराति मेचीनगर नगरपालिका-१ साडुगौडा टोलमा आएका दुईवटा जंगली हात्तीले नर्वु तामाङको भान्सा घरको टिनको छाना भत्कााएको छ । त्यसैगरी, प्रेम बहादुर भारतीको घर बाहिर राखिएको २ मन धान खाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीको सो समूहले सुनिता तामाङको ५ कठ्ठामा लगाएको धानबााली र जितबहादुर मगरको ५ कठ्ठाको धानबाली नष्ट गरेको छ ।



















