बिर्तामोड । झापाको बिर्तामोडमा ग्यारेजमा आगलागी भएको छ । बिर्तामोड नगरपालिका-१ मा यदुनाथ मिश्रले सञ्चालन गरेको ग्यारेजमा बिद्युत सट भएर आगलागी भएको हो । 

आगलागीबाट इन्जिन बनाउने मेसिन ६ ओटा, बनाउन ल्याएको बिभिन्न सवारी साधनहरुको इन्जिन ६/७  ओटा,र ग्यारेज पुर्ण रुपमा जलेर नष्ट भएको र सोही ग्यारेजमा ममर्ताथको लागि ल्याएको मे १ क ६४४ नम्बरको टिफरको अगाडिको भाग सामन्य जलेेको प्रहरीले जनाएको छ । 

सवारी साधनहरुको ईन्जिन बनाउन खोलिएको एक तले टिनको छानो, टिनको बेरा भएको ग्यारेजमा अचानक बिधुत सट भएर आगलागी भएको थियो । 

गएराति ११ बजे लागेको आग‍ो बिर्तामोड र भद्रपुरको दमकल र स्थानीय, प्रहरीको सहयोगमा एक घण्टामा पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।