बिर्तामोड । ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको इभी भ्यान गएराति बुद्वशान्तिमा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
राति अन्दाजी १ः२० बजे बुद्धशान्ति गाउँपालिका –३ धर्मकाटास्थित मेची राजमार्गमा प्र १–०१–००१ ज ४०८८ नम्बरको इभी भ्यान दुर्घटना भएको हो ।
दुर्घटनामा भ्यान चालक ताप्लेजुङ फुङलिङ गापा–२ बस्ने अन्दाजी बर्ष ३० का लाक्पा थेपेन शेर्पा, भक्तपुर चाँगुनारायण नगरपालिका – १ बस्ने बर्ष १२ का सेसेहाङ सुवा, सोही स्थानकी प्रेमा योङहाङ, बर्ष ३२ की टिका लिम्बु , अर्जुनधारा नगरपालिका –१० बस्ने बर्ष ४४ का बिजय लिम्बू घाइते भएका छन् ।
अर्जुनधारा-१० कै बर्ष ४२ की मनकुमारी लिम्बु, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ बस्ने बर्ष १९ की सुविमा लिम्बू , झापाको दमक –३ बस्ने बर्ष २१ की मनिता धिमाल र बर्ष ४३ की रिता धिमाल घाइते भएको प्रहरीले जनाएको छ ।
भ्यान चालकसहित घाइतेहरुलाई उद्दार गरी उपचारको लागि अस्पताल पठाइएको छ । घाइते सबैको बिर्तामोडमा उपचार भईरहेको छ ।



















