बिर्तामाेड । झापामा भेट्रान्स कप टेवलटेनिस प्रतियाेगिता हुने भएकाे छ । झापा जिल्ला टेवलटेनिस संघकाे आयाेजनामा भदाै २८ गते बिर्तामाेडमा टेवलटेनिस प्रतियाेगिता आयाेजना हुन लागेकाे हाे । 

प्रतियाेगिताकाे तयारी सुरु गरिएकाे आयाेजक झापा जिल्ला टेवलटेनिस संघका अध्यक्ष सन्ताेष अग्रवालले जानकारी दिए । महिला र पुरुषको सिंगल तथा डबल इभेन्टमा प्रतियाेगिता आयाेजना गर्न लागिएकाे उनले बताए । 

बिर्तामाेडकाे मेहरमान बहुउद्देश्यीय कभर्ड हलमा प्रतियाेगिता आयाेजना हुने भएकाे हाे ।  आगामी आर्थिक बर्स भित्र नगरपालिका प्रदेश सरकार र स्थानीय सहयोग जुटाएर सोहि स्थान मा टेवलटेनिस र कराते को लागि कभर्ड हल बनाउने योजना रहेको संघले जनाएकाे छ ।

संघकाे आयाेजनामा यसअघि जेठ ३१ गते जिल्लास्तरीय टेवलटेनिस प्रतियाेगिता आयाेजना भइसकेकाे छ । अग्रवाल निर्वाचित भइसकेपछि संघ चलायमान हुनुका साथै बिभिन्न प्रतियाेगिता आयाेजना हुन थालेकाे बताइएकाे छ ।