बिर्तामोड । बिर्तामोड नगरपालिका-७ को बिरान टोल बस्ने केशबप्रसाद चाम्लिङको घरमा गएराति आगलागी भएको छ ।
विहान साढे ३ बजेतिर लागेको आगो दुईघण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट चाम्लिङको काठको घर र काठकै भान्सा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । घरमा राखेको मकैको खोयामा विद्युत सट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।



















