बिर्तामोड । सडक कालोपत्रे गर्ने क्रममा झापाको धुलाबारीमा अलकत्राको ट्याङकरमा आगलागी भएको छ । आगो निभाउने क्रममा एकजना घाइते भएका छन् ।
हिजो बेलुका ७:५० बजेको समयमा झापाको मेचीनगर-९ दुर्गा मन्दिर स्थित भित्री सडक खण्डमा कन्चन निर्माण सेवाले बाटो पिच गर्ने क्रममा मे १ ख ३१३७ नम्बरको अलकत्रको ट्याङकरमा आगलागी भएको थियो ।
प्रहरी, स्थानीयबासी र मेचीनगर नगरपालिकाको दमलकको सहयोगमा राती ९;२० बजे आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अलकत्राको ट्याङकर चालक जिल्ला सिन्धुली सुनकोशी गा.पा. ७ बस्ने बर्ष ४२ को गणेश दाहाल सकुसल रहेका छन् ।
आगो निभाउने क्रममा कन्चन निर्माण सेवाका कामदार सिराहाको लक्ष्मीपुर पातारी गाउपालिका-६ बस्ने उमेश कुमार राय घाइते भएका छन । उनकोअनुहार, दुवै हात र खुट्टामा आगो निभाउने क्रममा आगोको रापले पोलेर घाईते भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा पठाएको छ । अलकत्रको ट्याङकर पुर्ण रुपमा जलेको बताईएको छ ।



















