बिर्तामोड । बिर्तामोडका युवा व्यवसायी प्रकाश प्रसाईको पौडी खेल्ने क्रमाा डुुबेर मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका-२ मा रहेको ग्रिन पार्कको कम्पाउण्ड परिसरको स्विमिङ पुलमा डुवेर प्रसाईंको मृत्यु भएको हो ।
बिर्तामोड नगरपालिका-३ बस्ने प्रसाई, उनका साथी केशब शिवाकोटीसँग शुक्रबार दिउसो पौडी खेल्न गएका थिए । उनको पानीमा डुबेर मृत्यु भएको जानकारी पार्क सञ्चालकले प्रहरीलाई दिएका थिए ।



















