बिर्तामोड । झापाको शिवसताक्षीका एक व्यक्तिको खाटबाट लडेर मृत्यु भएको छ ।

गएराति शिवसताक्षी-९ किरात चौक बस्ने ५० वर्षीय अनिल लिम्बूको खाटबाट लडेर मृत्यु भएको हो ।

खाटमा सुतिरहेको समयमा लडेर बेहोस भएका लिम्बूलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

उनलाई ३–४ दिनदेखि ज्वरो आएको थियो । लिम्बू पहिलेदेखि नै सुगर र प्रेसरको बिरामी भएका कारण औषधि सेवन गर्दै आइरहेका थिए ।