अर्जुनधारा । ताप्लेजुङ झापा सराेकार समाज, अर्जुनधाराले शनिबार शनिश्चरेमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । रगत अभावलाई केही हदसम्म पूरा गर्न समाजले रक्तदान कार्यक्रम आयाेजना गरेकाे हाे । 

कार्यक्रममा २७ जनाले रक्तदान गरेकाे समाजका अध्यक्ष राजकुमार गाैतमले जानकारी दिए । समाजकाे नियमित बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयाेजना गरिएकाे हाे । 

अर्जुनधारा नगरपालिका वडा न ८ का अध्यक्ष कुमार उप्रेतीकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा समाजका लागि याेगदान गरेका तीनजनालाई सम्मानसमेत गरिएकाे थियाे । 

सम्मानित हुनेमा अर्जुनधारा नगरपालिका न्यायिक शाखा अधिकृत माया ऐर भट्टाराई, संस्थाका संस्थापक सचिव यज्ञप्रसाद सिटाैला, उत्कृष्ठ गृहिणी जानुकादेबी नेपाल दाहाल रहेका छन् । अध्यक्ष राजकुमार गाैतमकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका िजल्ला अध्यक्ष हाेमप्रसाद काफ्ले, सचिव डिआर कडरिया लगायतका समाजका अगुवाहरुकाे सहभागिता रहेकाे थियाे ।