झापा । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार ललितपुरमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएकी थिइन् । दुर्घटनापछि सो गाडीका चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिइएको हाे ।
ललितपुरको गोदावरीमा नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका रानाको गाडीले बालिकालाई ठक्कर दिएको थियो । ठक्करपछि गाडी भागेपछि सामाजिक सञ्जालमा घटनाकाे चर्काे आलाेचना भएकाे छ ।
बालिकालाई उपचारपछि अस्पतालले डिस्चार्ज गरेको छ । उनकाे उपचार खर्च सवारी चालक पक्षले गरेका छन् । घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घिमिरे र एसएसपी श्यामकृष्ण अधिकारीले घटनास्थल निरीक्षण गरेका थिए।



















