झापा । मेचीनगर १ देवीगञ्जमा जंगली हात्ती मृत फेला परेको छ।

आज बिहान अन्दाजी ८ बजे मेचीनगर नगरपालिका-१ देवीगञ्जस्थित कमल कार्कीको धान खेतमा जंगली हात्ती मृत अवस्थामा फेला परेको हो ।

हात्ती मृत फेला परेको सुनेर टोली घटनास्थलतर्फ जान लागेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।