बिर्तामाेड । हिजाेदेखि हराइरहेकी झापाकाे झापा गाउँपालिका-३ का एक बालिकाकाे खाेलामा डुबेर मृत्यु भएकाे अवस्थामा शव फेला परेकाे छ । 

हिजाे २ बजेदेखि साे वडाकाे झाँसी भन्ने स्थानमा बस्ने मानबहादुर दर्जीकाे ४ बर्षकी छाेरी बिष्णुमाया दर्जीकाे शव फेला परेकाे हाे । बालिका हराएकाे सुचना आएपछि खाेजतलास गर्ने क्रममा आज बिहान सानो माई खोलामा डुबेको  अवस्थामा शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।