बिर्तामाेड । आन्दाेलनका क्रममा क्षतिग्रस्त भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयकाे भवन पुननिर्माणका लागि बैदेशिक राेजगार व्यवसायी संघ झापाले १० लाख रुपैंयाँ सहयाेग गर्ने भएकाे छ । 

संघका अध्यक्ष धनबहादुर पन्धाकका अनुसार भवन पुननिर्माण र बिभिन्न सामग्री खरिदका लागि १० लाख रुपैंयाँ प्रदान गर्न लागिएकाे हाे । भदाै २४ गतेकाे बिध्वंसकारी आन्दाेलनमा ईप्रका बिर्तामाेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामाेडकाे भवनमा आगजनी हुनुका साथै सिलिण्डर बिस्फाेट गरेर क्षति पुर्याइएकाे थियाे । 

आन्दाेलनका क्रममा बिर्तामाेडमा ३ जनाकाे ज्यान जानुका साथै दर्जनाै प्रदर्शनकारी घाइते भएका थिए । घाइतेमध्ये केही उपचार गरेर घर फर्किसकेका छन भने केही अहिले पनि उपचाररत छन् । 

भवन पुन निर्माणका लागि बिर्तामाेडका व्यवसायी एकजुट बनेका छन् । उनीहरुले रकम स‌कलन गर्न सुरु गरेकाे बताएका छन् । यसअघि बिर्तामाेड उद्याेग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकाेटीले १ लाख १ हजार रुपैंयाँ प्रदान गरिसकेका छन् ।