बिर्तामोड । ईलाका कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको क्षतिग्रस्त संरचना पुनःनिर्माण तथा मर्मत सम्भारका लागि कंगारु एजुकेशन फाउण्डेशन बिर्तामोडले १ लाख ५१ हजार रुपैया प्रदान गर्ने घोषणा गरेको छ । 

 बिर्तामोडस्थित कार्यालयका पत्रकार सम्मेलन गरी एक लाख ५१ हजार रुपैयाँ दिने घोषणा गरेको हो । गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवनम क्षति भएको थियो ।  शान्ति सुरक्षाको चुनौती वढेको भन्दै शान्ति सुरक्षालाई पुरानै अवस्थामा ल्याउने उदेश्यले कंगारुले आर्थिक सहयोग गरेको जनाएको छ । 

कंगारुका एसोसिएट डाइरेक्टर रोशन साहसहित अप्रेसन मेनेजर इश्वर पोखरेल, जेनेरल मेनेजर गोबिन्द श्रेष्ठ र पब्लिक रिलेशन अफिसर पुष्पलाल धमलाले संयुक्त रुपमा सहयोग रकम दिने घोषणा गरेका हुन् । पुनःनिर्माण समितिलाई घोषणा गरिएको रकमबापतको चेक चाँडैनै दिने बताएका छन् ।