बिर्तामोड । क्षतिग्रस्त ईलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका लागि युवा व्यवसायी आवद्व संस्था राउण्ड टेबल बिर्तामोडले ५१ हजार रुपैया सहयोग गरेको छ ।

भवन पुन निर्माण समिति समक्ष राउण्ड टेवलका प्रतिनिधिले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष विकास अग्रवालको नेतृत्वमा गएको टोलीले भवन लगायतका संरचना पुन निर्माणका लागि सहयोग रकम हस्तान्तरण गरेको हो ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते ईलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा लुटपाट, तोडफोड र आगजनी भएको थियो ।