झापा । ग्रेण्डर मेशीनले राँगाको खुट्टा काट्ने क्रममा आफ्नै खुट्टा काटिएका भद्रपुरका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

हिजो साँझ भद्रपुर नगरपालिका-१ बस्ने ३५ वर्षका रमेश परियारले घरमा रागाँको खुट्टा ग्रेन्डर मेसिनले काट्ने क्रममा अचानक आफ्नै बायाँ खुट्टा काटी घाइते भएका थिए ।

अत्याधिक रक्तश्राव भएका परियारको बिर्तामोडमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा राती ८ बजे निधन भएको प्रहरीले जनाएको छ ।