बिर्तामोड । वर्षासंगै परेको चट्याङले लागेर बिर्तामोड ३ स्थित मुसहर बस्तीमा बुधबार बिहान एक महिलाको मृत्यु भएको छ ।

बिहान ११ बजेतिर वर्षासंगै परेको चट्याङले लागेर बिर्तामोड ३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो । खेतमा जाँदै गर्दा उनलाई चट्याङले लागेको थियो ।

गम्भीर घाइते उनलाई उपचारका लागि बिर्ता सिटी अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।