बिर्तामोड । पाँचथरको कुम्मायक गाँउपालिका ३ स्थित कार्तिकेमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाईते भएका छन् ।

ताप्लेजुङको मिक्वाखोला(४ साँवाबाट शनिवार विहान धरानका लागि छुटेको मे १ ज ३०५५ बोलेरो भिरबाट तमोर नदी तर्फ खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका अनुसार घटनास्थलमा ३ महिला र ३ पुरुषको मृत्यु भएको छ । मृतकहरुको पहिचान अहिलेसम्म खुलेको छैन । घाईते मध्ये ५ जनालाई उपचारको लागि धरानको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको र १ जनालाई पाँचथर अस्पताल पुर्‍याईएको प्रहरीले जानकारी दिएको छ ।

बोलेरो सडकभन्दा करिब ५ सय मिटर खसेको स्थानीयले बताएका छन । दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानअनुसार सडक साँघुरो र ओरालो भागमा नियन्त्रण गुम्दा गाडी खसेको अनुमान गरिएको छ।